चिकित्सक लाइसेन्स परीक्षा फागुनमा हुने



प्रकाशित मिति : Jan 17, 2021

काठमाडौं, ४ माघ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा फागुनमा लिने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो ।

लाइसेन्स परीक्षाका लागि अनलाइन फारम बुझाउने मिति माघ ५ गतेदेखि २४ गतेसम्म समय तोकिएको छ । विलम्ब शुल्कसहित २५ र २६ गतेसम्म फारम बुझाउन सकिने छ ।

‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ ।

फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com