३ माघ २०७७, शनिबार

काठमाडौं, ३ माघ । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणबारे टिप्पणी गर्नुभएको छ ।भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्केको टिप्पणी गर्नुभएको हो। यस्तै उहाँले देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु कहिले बुरूक्क उफ्रिने र कहिले लम्पसार पर्ने गरेको भनाइ राख्नुभएको छ ।

 

‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ, भट्टराईले ट्वीटरमा लेख्नुभएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV