३ माघ २०७७, शनिबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स, ३ माघ । बेल्जियम अधिराज्यका राजा फिलिपसमक्ष बेल्जियम, बेनेलक्स र यूरोपियन यूनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले आफ्नो ओहदाको प्रमाण–पत्र पेश गरेका छन् ।

नेपाली दूताबास ब्रसेल्सका अनुसार हिजो राजधानी ब्रसेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहको बीचमा राजदूत राजभण्डारीले राजा फिलिपसमक्ष ओहदाको प्रमाण–पत्र पेश गरेका हुन् ।

सो अवसरमा राजा फिलिपले राजदूत राजभण्डारीलाई उनको नियुक्तिमा बधाई र सफल कार्यकालको लागि शुभकामना दिए । त्यस्तै, राजदूत राजभण्डारीले नेपालका राष्ट्रपति बिद्यादेबी भण्डारीको शुभकामना सन्देश सुनाएका थिए ।

नेपालका राष्ट्रपति भण्डारीले राजा फिलिपसमक्ष नेपाल र बेल्जियमबीच द्वीपक्षीय सम्बन्ध र आर्थिक सहकार्यको अवस्थाप्रति खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा विद्यमान सम्बन्धहरुलाई अझ उचाइमा पु-याउन आफूले सक्दो प्रयास गरिरहने बताइन् ।

सन् १९९२ मा ब्रसेल्समा नेपालको आवासीय दूतावास स्थापना गरेपछि बेल्जियम अधिराज्यमा नेपालबाट सातौं राजदूतको रूपमा गेहेन्द्र राजभण्डारी भर्खरै नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV