३ माघ २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, ३ माघ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्ट शासकको भनाइ र गराईमा फरक हुने गरेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २३ औं जिल्ला साधारण सभा तथा अधिबेशन र असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधिसभा विघटन, प्रतिगमनको सिलसिला बिषयक बिचार गोष्ठीमा पूर्वमन्त्री गिरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘दुई तिहाई बहुमत नजिकको नेकपा नेतृत्वको ओली सरकारले नागरिकलाई ठूला आश्वासन बाँड्यो तर, दियो प्रतिगमन । अब यसको विरुद्ध लोकतान्त्रिक शक्ति, नागरिक समाज एक भएर सडकमा जानुपर्छ ।’

संबिधानसभा सदस्य एव नेकपा नेतृ अनारकली मियाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको कार्य प्रतिगमन भएको र ‘नेकपाको कार्यकर्ता हुँ’ भन्दा लाज लाग्ने अवस्था सिर्जना भएको बताइन् ।

शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले प्रधानमन्त्री ओलीको सनक र स्वेच्छचारिताका कारण नागरिकले शान्ति र सुशासन भन्दा कुशासन पाएको बताए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता सुरेन्द्र खडका, शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धिताल, शाखा पूर्व सभापति डिल्लीराज धिताल, निर्मल नेपाली, सुरेश श्रेष्ठ, सल्यान शाखा सभापति डा. प्रेम योगी, बिभागीय संयोजक शिव शंकर गिरी, ब्राह्मणकुमारी अनिता, तुलसीपुर उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज ओली, लायन्स क्ल तुलसीपुरका उपाध्यक्ष गणेश अधिकारी, महिला अधिकारकर्मी देवा डाँगी, जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, समाजसेवी टोपबहादुर महतरा, अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV