३ माघ २०७७, शनिबार

रुपन्देही, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुषालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताउनुभएको छ ।

नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार बुटवलको मणिग्राममा आयोजना गरेको भेलामा नेता भुषालले संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा हुने बताउनुभएको हो ।

उहाँले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गर्नुभयो । न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुषालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

नेता भुषालले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV