३ माघ २०७७, शनिबार

सिमरा, ३ माघ । सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको सिमरा युथ च्याप्टर स्थापना भएको छ ।

लायन्स क्लबका पूर्व इन्टरनेशनल डाइरेक्टर संजय खेतानले सिमरास्थित प्याराडाइज होटलमा आयोजित कार्यक्रमकाबीच च्याप्टरको उदघाटन गरेका हुन् ।

खेतानको गाइडलाइन र लायन्स क्लब अफ वीरगन्ज मिलिनियन एमजेएफको स्पन्सरमा स्थापना भएको च्याप्टरको चार्टर प्रेसिडेन्टमा हंकल्पित न्यौपाने रहेका छन् । च्याप्टरको प्रथम उपाध्यक्षमा दिवाकर भण्डारी, सचीव वसन्त खतिवडा र कोषाध्यक्ष राजकुमार लामा रहेका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्थानीय २० जना युवाहरुको सहभागितामा गठित च्याप्टरका पदाधिकारी र सदस्यलाई खेतानले उदघाटन कार्यक्रममा पिन वितरण गरेका थिए । कार्यक्रममा बोल्दै खेतानले लायन्स क्लब विशुद्ध सामाजिक सेवा गर्ने संस्था भएकाले जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।

लायन्स क्लब अफ इन्टरनेशनलका अध्यक्षको दाबेदार समेत रहेका खेतानले सिमरा युथ च्याप्टरले गर्ने सामाजिक गतिविधिमा आफ्नो प्रत्यक्ष सहयोग र साथ रहने बताए ।

कार्यक्रममा पीएमसीसी रमेश अग्रवाल, एक्स्टेन्सन चेयरपर्सन श्यामकुमार बस्याल, जिल्ला संयोजक विजय गुप्ता, लायन्स क्लब अफ जीतपुरसिमराका प्रेसिडेन्ट डम्बरमणी लिम्बुलगयायतको उपस्थिति रहेको थियो ।

नवगठित च्याप्टरका प्रेसिडेन्ट न्यौपानेले संस्थाको पहिलो बैठकबाट अन्य सदस्यहरुको जिम्मेवारी बाडफाड गरिने र च्याप्टरमा नयाँ सदस्य थप गरि समाजिक सेवाको कामलाई बृहत बनाउदै लगिने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV