३ माघ २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, २ माघ । प्रधानमन्त्री केपी ओलीलाई सम्मानित सर्वाेच्च अदालत तिर फर्केर दबाबका भाषाहरु नबोल्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले आग्रह गर्नुभएको छ ।

शनिबार (आज) मध्यपुर थिमीमा प्रतिनिधिसभा बिघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध भएको बिरोध सभामा बोल्दै प्रवक्ता शर्माले भन्नुभयो, ‘सम्मानित सर्वाेच्च अदालतका न्यायाधीशहरु नेकपाका पोलिट ब्यूरो सदस्यहरु होइनन् । शीतल निवासमा बस्ने राष्ट्रपति जस्ता पनि होइनन् । जसले प्रधानमन्त्रीको एक इशारामा हस्ताक्षर धस्काइदिने ।’

उहाँले थप भन्नुभयो, ‘उहाँहरु पढेर लामो प्रबिधिक ज्ञान लिएर यो संबिधानको पुस्तकको चप्पा चप्पा बुझेर आएका न्यायाधीशहरु हुन । उहाँहरुले संबिधानलाई हेरेर निर्णय गर्नुहुन्छ ।’

यसैबीच उहाँले प्रधानमन्त्री ओलीलाई एक अर्कालाई आरोप प्रत्यारोप नगरी जिम्मेवार प्रधानमन्त्री भएर बोल्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले गरेको कदमलाई असंबैधानिक ठहर भएमा बालुवाटारबाट निस्किने र ढिलो चाँडो निर्वाचन भएपनि बालुवाटारबाट बालकोट जाने उहाँको भनाइ छ ।

‘सर्वाेच्च अदालतको निर्णय प्रतिपक्ष दल तयार छ’, उहाँले भन्नुभयो, ‘सिंगो देश र देशका बिभिन्न क्षेत्रका व्यक्तिहरुले असंबैधानिक भनिरहँदा अब देशले कुनबाटो लिन्छ ? भन्ने कुरा स्पष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV