३ माघ २०७७, शनिबार
  • इरफान अली

वीरगञ्ज ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस पर्साले शनिबार विरोध प्रदर्शन गरेको छ ।

संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको मनोभावनामाथि कुठाराघात गरेको भन्दै नेपाली कांग्रेसले पर्साको विभिन्न स्थानीय तहमा वृहत र्‍यालीसहितको विरोध प्रदर्शन गरेको गरेको छ ।वीरगञ्जको मुख्य चोक घण्टाघरबाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थान पुगेर पुनः घण्टाघरमा कोणसभामा परिणत भएको थियो । र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध कांग्रेसका कार्यकर्ताहरुले चर्को नाराबाजी समेत गरेका थिए ।कोणसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए । वक्ताहरुले ओली एक्लैले देशलाई सङ्कट तर्फ डोर्‍याएको आरोप लगाएका थिए ।

र्‍यालीमा पूर्वमन्त्री अजय चौरसिया, प्रदेशसभा सदस्य ओमप्रकाश सर्राफ लगायतका नेता कार्यकर्ता तथा विद्यार्थी सङ्गठनका सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV