३ माघ २०७७, शनिबार

चितवन, ३ माघ । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्नुभएको छ ।

चितवनको भरतपुरमा नेपाली काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउँनु भयो ।

उहाँले सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गर्नुभयो । पौडेलले अगाडि भन्नुभयो,‘म चितवनको यो शहीद भूमिबाट न्यायमुर्तीहरु सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।’

उहाँले संसदको विघटन लोकतन्त्र माथि, संविधानमाथि, राष्ट्रमाथि एकै पटक प्रहार गरेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ (५) को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत बताउनुभयो ।

पौडेलले नेपाली काँंग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र हुने स्पष्ट पार्नुभयो ।

पौडेलले भन्नुभयो, ‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ । लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागी हुन पाइन्छ नि ।’

वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि प्रतिनिधिसभा भंग नगरेको बताउदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनिधिसभा भंग भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV