३ माघ २०७७, शनिबार
  • तस्वीर : महेश्वर के.सी.

काठमाडौं, ३ माघ । नागरिक अभियन्ता डा.गोविन्द केसीले सबै न्यायलयप्रति जनताले आशा गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दोलनमा पुग्नुभएका केसीले गैरसंवैधानिक कामलाइ न्यायालयले सच्याउने भन्दै न्यायालयप्रति जनताले आशा गरेको बताउनुभएको हो ।

संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीको भनाइ थियो । संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको भन्दै उहाँले जनतालाई रैती बनाउनका लागि नभइ जनताका अधिकार स्थापित गर्नका लागि भएको बताउनुभयो ।

आफ्नो कुर्सी हल्लिन थालिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक अगंलाई भंग गरेको उहाँको आरोप थियो । दुई तिहाई मतसहितको सरकार बनाएपछि जनताका लागि काम गर्ने मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने विश्वास लिएपनि जनताको आशाविपरीत प्रधानमन्त्री ओलीले तानशाही प्रवृत्ति देखाएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले शनिबार गरेको प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV