३ माघ २०७७, शनिबार

एजेन्सी, ३ माघ । इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६।२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV