२ माघ २०७७, शुक्रबार
  • तारा आचार्य,

मोरङ, २ माघ । प्रदेश नं.१ मा नेकपाभित्रको रडाको झन चुलिदै गएको छ । दुवै पक्षले आफ्नो पकेट बलियो बनाउन नेपाली कांँग्रेसको सहयोग जुटाउन लागि परेका छन् ।

यद्दपि काँग्रेसले भने दुई नेकपाको रमिता हेरेर हाललाई आनन्द लिने काम मात्र गरिरहेको छ । दुई तिहाइको नेकपा भित्र दाहाल–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश १ मा सत्तारोहणको अवसर नजिक रहेको कांँग्रेस पर्ख र हेरको अवस्थामा छ ।

नेपाली कांँग्रेसले तत्कालै कुनै निर्णय नगर्ने र नेकपाका दुबै पक्षका नेताहरुले सहकार्यका लागि पहल गरिरहनु भएको नेपाली कांँग्रेस प्रतिपक्षी दलका प्रदेश नं. १ का सचेतक सुयरमा राईले जानकारी दिनु भयो ।

सचेतक राईले अहिलेको परिस्थितिमा पार्टीको निर्णय पर्खिने बताउँदै केन्द्रबाट निर्णय आएपछि मात्रबोल्न मिल्ने धारणा राख्नु भयो । कांँग्रेसलाई सरकारको नेतृत्वको अफर समेत आएको जानकारी दिनुभयो ।

उहाँले नेपाली कांँग्रेसको केन्द्रीय समितिले सरकारमा जाने कि नजाने भन्ने विषयमा औपचारिक निर्णय नगरेको जानकारी समेत दिनुभयो । नेकपाका दुवै पक्षका नेताहरु आप्mनो पक्षमा बहुमत जुटाउन दौडधुपमा रहेका छन् ।

नेपाली कांँग्रेसले कुनै निणर्य नगरी हालसम्म तठस्थ बसेको छ । नेपाली काँंगेसले जसलाई समर्थन गरे पनि मुख्यमन्त्रीको दाउमा रहेको संकेत गरेको छ ।

नेकपाभित्रको आन्तरिक कलहका कारण यतिबेला नेपाली कांँग्रेस वलियो देखिएको छ । प्रदेश १ मा नेपाली कांँग्रेसको २१ सिट रहेको छ । संविधान विघटनको विरोध गर्दै कांँग्रेस निरन्तर सडकमा निस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV