२ माघ २०७७, शुक्रबार
  • जनकबहादुर शाही

हुम्ला, २ माघ । हुम्लामा हवाई मार्गबाट आउनका लागि अब पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

यसअघि जिल्लामा कोरोनाको संक्रमण बढी रहेका बेला कोरोना पीसीआर रिपोर्ट नेगेटिभ भएको ब्यक्ति मात्र हुम्ला आउन पाउने जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रले गरेको निर्णय अनुसार हुम्लामा अन्य जिल्लाबाट उडानमार्फत आउदा अनिवार्य पीसीआर रिपोर्ट चाहिने गर्दथ्यो ।

तर शुक्रबारबाट उडानमार्फत हुम्ला आउन अनिवार्य पीसीआर रिपार्ट हुनुपर्ने बाध्यता हटाइएको जिल्ला कोभिड(१९ संकट ब्यबस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी चिरन्जिबी गिरिले जानकारी दिनुभयो ।

यसअघि अनिवार्य पीसीआर परिक्षण गर्नु पर्ने बाध्यता हुँदा हुम्ला आउने यात्रुले सास्ती भोग्नु परेको थियो । हुम्ला आवतजावत गर्ने नागरिकहरुले मार्गबाट आउने मात्र पीसीआर परीक्षण गर्नु पर्ने नियमको सबत्र बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV