२ माघ २०७७, शुक्रबार
  • वियन तिम्सीना,

इलाम, २ माघ । मालपोत कार्यालय इलामले आफ्नो सेवाग्राहीहरुलाई विना रसिदको रकम लेनदेन नगर्न/नगराउन अनुरोध गरेको छ ।

मालपोत कार्यालय इलामले सूचना जारी गर्दै सेवाग्राही जो–कोहीले पनि रसिद विनाको रकम लेनदेन नगर्न आग्रह गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस मालपोत कार्यालयसँग सम्बन्धित काममा आउनुहुने सेवाग्राहीहरुले कोही कसैले पनि रसिद विनाको रकम लेनदेन नगर्न/नगराउन यो सूचना जारी गरिन्छ ।’

त्यस्तै कसैले काम छिटो तथा सहज गराईदिन्छु भनेर वा विभिन्न बाहाना बनाएर रकम माग गरेमा कानूनी कारबाहीको लागि मालपोत कार्यालय प्रमुख तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्पर्क गर्न आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV