२ माघ २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, २ माघ । आज भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बोडेस्थित कुमारी मन्दिर प्राङ्गणमा ‘२३ औं भूकम्प सुरक्षा दिवस २०७७’ सम्पन्न गरिएको छ । गृहमन्त्री राम बहादुर थापा (बादल)को उपस्थितिमा २३ औं भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

गृहमन्त्री राम बहादुर थापाले भूकम्पबाट आफूहरु कसरी बच्ने, नागरिकहरुको जनधनको कसरी रक्षा गर्ने तथा उक्त महान चुनौतीहरुको कसरी सामना गर्ने ? भन्ने विषयमा सचेतना कार्यक्रमहरु गर्नु जरुरी रहेको बताए ।

भूकम्पका कारण अधिकांश भवनहरु भत्किएकाले भवनहरु बनाउदा नेपाल सरकारको मापदण्ड अनुसार मात्र भवनहरु बनाउन उनले आग्रह गरे । त्यस्तै, उनले महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा भूकम्प प्रतिरोधात्मक नक्साहरुलाई मात्र घर बनाउन अनुमति दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्पको बेला कसरी सुरक्षित रहने भन्नने बिषयमा नमूनाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV