२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी,नेपाल (जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने भन्दै जसपाको नेवा राष्ट्रिय समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, समावेशी समानुपातिक लोकतन्त्र जिन्दावाद, पहिचानको आधारमा संघीयता कायम गर लगायतका प्लेकार्ड बोकेका थिए ।

संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध उनीहरुले नारावाजी समेत गरेका थिए । संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV