२ माघ २०७७, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर, २ माघ । गत जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ ।

हेटौंडामा आज एक पत्रकार सम्मेलनमार्फत् इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार १९ जना बालिका पीडित भएका मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दूव्र्यवहार र १ जना नवजात शिशुको हत्या भएको जनाएका छन् ।

इन्सेक मकवानपुरका अनुसार एक वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये ५ वटाको मात्रै फैसला भएको बताइएको छ ।

गत वर्ष मकवानपुर जिल्लामा मानवअधिकार उलङ्घनका तथा ज्यादतीका घटनामा ४६ जना महिला, ५ जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएका इन्सेक मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV