२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएकाे कोरोना भाइरबिरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा पनि अनुमति दिइएको छ ।

औषधि ब्यवस्था विभागले केहि दिनअघि आपतकालीन प्रयोगका लागि खोप दर्ता आह्वान गरेको थियो । औषधि व्यवस्था विभागले शुक्रबार आज सो खोपलाई आपतकालीन प्रयोगका लागि नि:शर्त अनुमति दिने निर्णय गरेको हो ।

‘कोभिसिल्ड’ सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना भाइरसबिरुद्धको खोप हो । यसलाई सबैभन्दा पहिला अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले सहकार्य गरेर बिकास गरेका थिए । सो खोपलाई भारतले आपतकालीन प्रयोगका लागि यसअघि नै अनुमति दिइसकेको छ ।

यो खोप चार देखि १२ हप्ताको अन्तरालमा दुई डोज लगाउन सकिने उल्लेख छ ।

बिज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV