२ माघ २०७७, शुक्रबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं, २ माघ । सम्पदा र पर्यावरणप्रति सचेत समूहले कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै सांकेतिक प्रदर्शन गरेका छन् ।

कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको पानी सुकाइएपछि त्यहाँ बाँकी रहेको माटो अनुहारमा दलेर उनीहरुले सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

उनीहरुले शुक्रबार (आज) कमलपोखरीको निर्माण कार्य रोकेर मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने माग गरेका छन् । माटो र पानीसँगको आत्मियता जनाउन यस किसिमको कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV