२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई बम विष्फोटमा संलग्न भएको आरोप लगाइएको छ ।

पुष २९ गते ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट पक्राउ परेका बास्तोलालाई शुक्रबार ललितपुर जिल्ला अदालत पेश गरिएको छ ।

उनी सहित पक्राउ परेका तीन जनालाई नै म्याद थप गर्न प्रहरी अदालत समक्ष पेश गरेको हो । बास्तोलालाई नख्खुमा रहेको एनसेल कार्यालयअघि बम विष्फोट गराएको आरोप लगाइएको छ ।

एनसेल अघि भएको विष्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो । त्यसबाहेक उनलाई चन्दा आतंक, राज्यद्रोहको मुद्दा समेत चलाउने तयारी रहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले म्याद थप पछि थप अनुसन्धान हुने जानकारी दिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV