२ माघ २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २ माघ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक कार्य गरेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले सो बिचार व्यक्त गर्नुभएको हो ।

असंबैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्ध पार्टीले वडास्तरको बिरोध अगाडि बढाइएको स्पष्ट पार्दै काँग्रेसले संबिधानको रक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो ।

संसद विघटन गर्न नपाउने विषयमा पूर्व सभामुख सुवास नेम्वाङ्ग र महान्याधिवक्ता अग्नि खरेलले केही समय राखेको बिचारको भिडियो अहिले चर्चामा आउनुले सो कार्य असंबैधानिक भएको प्रष्टिएको संग्रौलाको जिकिर थियो ।

संसद विघटनले संबिधान, लोकतन्त्र र गणतन्त्र माथि प्रहार भएको उहाँको भनाइ थियो । संबिधानको संरक्षणको जिम्मेवार राष्ट्रपति रबर स्ट्याम्प भएको उहाँको भनाइ छ ।

काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षपाति रहेकाले संसद विघटन सर्वोच्च अदालतको संबैधानिक ईजलासमा बहसको बिषय बनेको उक्त बहस संबिधानलाई टेकेर होस भन्ने पार्टी मान्यता रहेको उहाँको भनाइ छ ।

सर्वोच्च अदालतको कोटमा बल रहेको स्पष्ट पार्दै सर्वोच्च अदालतले गरेको निर्णय काँग्रेसलाई मान्य हुने संग्रौलाले स्पष्ट पार्नुभयो । आन्दोलनमा कम्युनिष्टसँग सहकार्य नहुने बताउदै अदालतले संसद पुर्नस्थापन गरेपनि मान्य हुने र निर्वाचन हुने भएपनि निर्वाचनमा होमिने उहाँले बताउनु भयो ।

उक्त कार्यक्रममा पूर्व केन्दीय सदस्य दीप कुमार उपाध्याय, आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पूर्व पार्टी सभापति राजेश आचार्य, पूर्व पार्टी सभापति सुधाकर पाण्डेय, प्रदेशसभा साँसद ऋणा बिक, पार्टी नेतृ बिमला गैह्रे, बिष्णु पाण्डे, युवा नेता प्रकाश घिमिरे, राजेश ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV