२ माघ २०७७, शुक्रबार
  • सुरेश श्रेष्ठ

दाङ, २ माघ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २३ औँ साधारण सभा एवं अधिवेशन भोलि शनिबार तुलसीपुरमा हुँदैछ । माघ ३ गते बिहान ठिक ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने साधारण सभाको उद्घाटन सत्रमा ‘असैवैधानिक एवं अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक बिचार गोष्ठी समेत हुने छ ।

अधिवेशनले २ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति समेत चयन गर्ने शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभयो । असोज महिनामा गरिसक्नुपर्ने साधारण सभा कोभिड- १९ का कारण झन्डै ४ महिना पछि हुन लागेकाे हाे ।

दाङ शाखाको अधिबेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधिमा महासचिव सुशील बस्नेतलाई खटाएको छ । दाङ जिल्ला अधिबेशनको तयारी पूरा भएको सचिब निर्मला डाङीले जानकारी दिनुभयो ।

शान्ति समाज दाङ शाखामा ६९ जना आजीवन सदस्य र ७ जना साधारण सदस्य रहेकाे सचिव डाङीले बताउनुभयो । शान्ति समाजकाे जिल्ला अधिवेशन माघ महिनाको दोस्रो साता भित्र गरिसक्नु पर्ने छ भने राष्ट्रिय परिषद् (केन्द्रीय अधिवेशन )फागुन २१- २२ गते पोखरामा हुँदैछ । पोखरामा हुने राष्ट्रिय परिषद् बैठकले केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV