२ माघ २०७७, शुक्रबार

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीको शतकको सहयोगमा आर्मीले गण्डकी प्रदेशलाई २८८ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक पूरा गरे । ७६ बल खेलेका उनले ९ चौका र ५ छक्कामा अविजित १११ रन बनाउन सफल भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बल खेल्दै ५ चौका १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए ।

आर्मीका लागि राजु रिजालले ४५ रन बनाउँदा राजेश पुलामी ३८ र लोकश बमले ४२ रनको योगदान गरे । बलिङतर्फ गण्डकी प्रदेशका लागि विपिन खत्री र विशाल पौडेलले समान दुई-दुई विकेट लिन सफल भए । त्यस्तै दीपेश खत्री र चन्द्र पौडेलले एक-एक विकेट लिन सफल भए ।

आजको खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । साबिकको उप-विजेता आर्मी यो सिजन उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV