२ माघ २०७७, शुक्रबार
  • दान बहादुर बुढा

सिन्जा (जुम्ला), २ माघ  । नेपाली भाषाको उद्गम थलो जुम्ला जिल्लाको हाँडसिन्जामा १५ शैयाको सेवासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

कनका सुन्दरी गाँउपालिकाको वडा नम्बर ५ मा रहको हाँडसिन्जा अस्पताल निर्माणको लागि कनकासुन्दरी गाँउपालिकाका अध्यक्ष नरबिर रावतबाट शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट कर्णाली प्रदेशमा ४१ वटा स्थानीय तहहरुमा निर्माण गर्न लागिरहेका विभिन्न अस्पतालहरुमध्ये जुम्ला जिल्लाको कनकासुन्दरी गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने अस्पताल शिलान्यास गरिएको हाे । यो अस्पतालका लागि संघीय सरकारबाट अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको १८ करोड ५० लाख बजेट बिनियोजन रावतले बताएका छन् ।

रावतका अनुसार हाँडसिन्जामा बन्न लागेको १५ शैया अस्पताल निर्माण गर्नको लागि हाँडसिन्जा गाँउका २२ जना स्थानीयले ३ हजार ५ सय वर्ग मिटरको जग्गा निशुल्क उपलब्ध गराएका छन् ।अस्पताल निमार्णको लागि जग्गा निःशुल्क उपलब्ध गराउर्ने २२ जना स्थानिय बासीलाई कनकासुन्दरी गाँउपालिकाले कदर पत्र र खादा लगाएर सम्मान गरेको छ । अस्पताल निमार्ण भए पछि सिन्जाली दाजु भाईले बिरामी हुदा सदरमुकाम खलंगा, सुर्खेत, नेपालगन्ज, काठमाडौँसम्म गएर ठूलो धनराशि खर्चबाट बच्ने र समयमा उपचार पाउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV