२ माघ २०७७, शुक्रबार

काठमाडौँ, २ माघ । राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो ।

शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए ।

क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादैँ छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो ।

‘तिम्रो हुने कहिले’ मा नृत्य काजिस श्रेष्ठ र सुनिता वस्नेतको रहने छ । यसमा स्व.श्रीकृष्ण श्रेष्ठको डुव्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन वास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेने छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV