२ माघ २०७७, शुक्रबार

एजेन्सी, २ माघ । कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन् ।

यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने छ । बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ । लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उनले बताए ।

दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ । प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताए ।

पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ ।

अहिलेसम्म पोर्चुगलमा ५ लाख १७ हजारभन्दा बढी काेराेना संक्रमण भएकाे छ  भने ८ हजार ३ सय ८४ जनाकाे मृत्यु भएकाे छ । हाल पोर्चुगलमा १ लाख २१ हजारभन्दा बढी संक्रिय संक्रमण रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV