‘अनलाइन फुड फेस्ट’ भोलिदेखि, उत्कृष्ट फूड अर्डरका साथमा लाइभ म्युजिक हेर्न सकिने



प्रकाशित मिति : Jan 14, 2021

काठमाडौं, १ माघ । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फूड फेस्टिवल यस वर्ष पनि यहि शुक्रबार (माघ २ गते)देखि आयोजना गर्ने भएको छ ।

फूडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फूड फेस्टिवल सन् २०१७ देखि नियमितरुपमा आयोजना गर्दै आएको छ । जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्ने गर्दछ ।

एक सातासम्म सञ्चालन हुने अनलाइन फूड फेस्टिवलमा उत्कुष्ट फूड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्ने भएको छ । सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्ने भएका छन् ।

फूडमाण्डूको अनलाइन फूड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केहि दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फूड फेस्टको मज्जा लिन सक्ने भएका छन् ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फूड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम रु.५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरि कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिनेछ ।

अनलाइन फुड फेस्टिवलमा कम्पनीले रु.१ मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ, भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्नसक्ने छन् ।

त्यसैगरि फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फूड प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com