आर्या बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः घिमिरे



प्रकाशित मिति : Jan 14, 2021
  • मनोज श्रीवास्तव

कपिलवस्तु १ माघ । कपिलवस्तुको तौलिहवास्थित आर्या बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रकाश घिमिरे पुनः अध्यक्षमा निर्बिरोध चयन भएका छन् । सहकारीको १२ औँ साधारण सभा तथा चाथौ अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरिएको हो ।समितिको उपाध्यक्षमा अनुप कुमार पाण्डेय, सचिवममा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा अनिरुद्र तिवारी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा मदन गुप्ता शहिद मुसलमान, अनिल बहादुर क्षेत्री, सुरेश गुप्ता, सन्दीप कुमार दुबे, निशा श्रीवास्तव र सन्तोस मल्लाह निर्वाचित भएका हुन । यस्तै मुकेश श्रीवास्तवको संयोजकत्वमा ऋण उप समितिमा निर्माण गरिएको छ । सो समितिमा सिता गिरी र पंकज गुप्ता सदस्य छन् ।

लेखा समितिमा रोधश्याम मिश्रा चयन भएका छन । अधिबेशन अघि सपन्न भएको साधारण सभामा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले नगरपालिकाले सहकारी संस्थहरुको विकासलाई ध्यान दिएको बताए । उनले सहकारीहरुले आर्थिक विकासमा टेवा दिएको बताए । उनले सहकारीहरुले पारदर्शीरुपमा जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताए ।

कार्यक्रममा अनुप कुमार पाण्डेयले गत आर्थिक वर्षको प्रगति र कोषाध्यक्ष बिष्णु बहादुर रायमाझीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्ष ३९ लाख ६६ हजारको कारोबावर गरी ३ लाख ८४ हजार सुद्ध नाफा गरेको उनले बताए ।

कार्यक्रममा सहकारीको व्यवस्थापक सुभम श्रेष्ठ, असल ऋणीहरु सुनिता दुबे, सिखा जैसवाल, तथा बचतकर्ताहरु मान सिंह क्षेत्री, किस्लवाती तमाल, पुष्पादेबी भटरा लगायतलाई सम्मानित गरिएको थियो ।

घिमिरको अध्यक्षता र भक्तिराम पन्थीको संचालनमा भएको कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गरै, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार लगातयले शुभकामना मन्तब्य दिएका थिए । दाश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष घिमिरले अबको कार्यकालमा आफूले संस्थाको भवन निर्माण गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com