प्रदेश १ मा थपिए १६ जना कोरोना संक्रमित



प्रकाशित मिति : Jan 14, 2021
  • तारा आचार्य

विराटनगर १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ८४ पुगेको छ ।

प्रदेश १ मा विहीवार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com