एलपी ग्याँसबाट हुने दुर्घटना न्यूनिकरण्का लागि सचेतना कार्यक्रम



प्रकाशित मिति : Jan 14, 2021
  • तारा आचार्य

विराटनगर, १ माघ । एलपी ग्याँसबाट आगलागि र ज्यान जान थालेपछि ग्याँस प्रयोग कर्ताहरुले सामान्य सावधानीहरु अपनाउन सकिए ठूलो दुर्घटना हुनबाट बचाउन सकिने प्राविधिकहरुले बताएका छन् ।यसैक्रममा संचारकर्मीहरुका लागि विराटनगरमा आयोजना गरिएको प्रदर्शन तथा सचेतना कार्यक्रममा प्राविधिक महेश पन्तले सामान्य सचेतना अपनाउन सकिए एलपी ग्याँसको प्रयोग गर्दा हुने ९७ प्रतिशत दुर्घटना रोक्न सकिने जानकारी दिनुभयो । एलपी ग्याँस बिक्रेता संघ मोरङले ग्याँस प्रयोग गर्दा हुन सक्ने दुर्घटनाबारे जानकारी दिन मोरङमा उपभोक्ता सचेतना कार्यक्रम अभियानकै रुपमा आयोजना गर्न थालेको छ ।उहाँले एलपी ग्याँस सिलिण्डरको प्रयोग बन्द कोठाको सट्टा झ्याल ढोका खोलेर प्रयोग गर्नुपर्ने, ग्याँस पाइप, रेगुलेटर र ग्याँस चुल्होको नियमित सरसफाई गर्नुपर्ने तथा लिक भएर आगलागि नै भएको अवस्थामा सामान्य प्रक्रिया अपनाउदा दुर्घटनाबाट जोगिन सकिने बताउनु भयो ।
महेश पन्त, प्राविधिक ।

एलपी ग्याँस सुँघेर थाहा पाइने भएकाले १० प्रतिशत सम्म ग्याँस लिक भएको अवस्थामा अत्यन्त सचेतता अपनाउनुपर्ने प्राविधिक महेश पन्तले आग्रह गर्नुभयो । उहाँले ग्याँस लिक भएर आगलागि भएमा कसरी निभाउन सकिन्छ भनेर डेमो गरेर देखाउनु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com