सिन्धुपाल्चोकका ‘साइला’ भन्ने लक्ष्मीदास श्रेष्ठको शव भक्तपुरमा फेला



प्रकाशित मिति : Jan 14, 2021
  • रामगोपाल तमखु,

भक्तपुर, १ माघ । भक्तपुरको पलाँसेको खोल्सामा एक पुरुषको शव फेला परेको छ । आज (विहीबार) सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा एक पुरुष शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृतक पुरुष सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं. ५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महत गाँउ बस्ने बर्ष ४५ का ‘साइला’ भन्ने लक्ष्मीदास श्रेष्ठ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरले जनाएको छ ।

परिसर भक्तपुर सूचना अधिकारी दीपक गिरीका अनुसार मृतक श्रेष्ठ दिउँसोको समयमा ज्यालामजदुरी गर्ने र रातको समयमा सोही स्थानमा रहेको गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गर्थे ।

दिउँसो कामबाट फर्किने क्रममा मादक पदार्थ सेवन गरी कोठामा जाने क्रममा खोल्सामा खसेर मृत्यु भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

शवको मुचुल्का गरी पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको र थप अनुसन्धान भइरहेको अधिकारी डीएसपी गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com