१ माघ २०७७, बिहीबार

काठमाडौं, १ माघ । संसद विघटनको विरोधमा नेपाली कांँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै बिरोध गरिएको प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले बताएका छन् ।

उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV