१ माघ २०७७, बिहीबार

काठमाडौं, १ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको अवस्थामा चुनावको अर्थ नभएको बताउनुभएको छ ।

बिहीबार नेपाल बुद्धिजीवि संगठनले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको भन्दै ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर बिघटन गरिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले आफु र प्रचण्ड रहेको पार्टी नै आधिकारीक नेकपा भएको दावी गर्नुभयो । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप उहाँले लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV