१ माघ २०७७, बिहीबार

एजेन्सी, १ माघ । बेल्जियमको राजधानी ब्रसल्समा हिं’सात्मक प्रदर्शन भएको छ ।प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा ब्रसल्समा सयौँ मानिसहरूले बुधवार राति हिं’सात्मक प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शन भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको गाडीमा झटारो प्रहार गरिएको देखिएको बीबीसीमा उल्लेख छ । आक्रमण हुँदा उक्त गाडी ब्रसल्सबाट राजदरबारतिर फर्किरहेको थियो।

प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाइदिएको जनाइएको छ। उनीहरूले सडकमा तोडफोड पनि गरेका थिए। घटनामा चार प्रहरी घाइते भएको र केही मानिसलाई पक्राउ गरेको प्रहरी प्रवक्ताले समाचारसंस्था एएफपीलाई बताएको छ ।

गत शनिवार प्रहरीले प’क्राउ गरेका इब्राहिम बीको हिरासतमै मृत्यु भएपछि मानिसहरू आ’क्रोशित भएका थिए। प्रहरीका अनुसार बुधवार ब्रसल्स-नोर्थ प्रहरी कार्यालयनजिकै झन्डै ५०० मानिस भेला भएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV