५ हजार ३२ जनाको परीक्षण गर्दा मुलुकमा ४ सय ३ संक्रमित थपिए



प्रकाशित मिति : Jan 14, 2021

काठमाडौं, १ माघ । मुलुकमा थप ४ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ६१ र पुरुषको संख्या २ सय ४२ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ३० संक्रमित थपिए

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३० जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय १० जना महिला र १ सय २० जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २४ हजार ३ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५ जना निको भए, ६ संक्रमितको मृत्यु

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय २६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख २ हजार ४१ जनाको पीसीआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com