१ माघ २०७७, बिहीबार

काठमाडौं, १ माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गर्नु भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।

उक्त छलफलमा राजदूत आचार्यसहित दूतावासका कर्मचारी र भारतीय सैनिक अधिकृतहरुको उपस्थिति रहेको जनाइएको छ ।

त्यस्तै दूतावासले ३ दिने भ्रमणका लागि भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा पनि कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV