सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
गाेरखा, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।
बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले जानकारी दिनुभयाे । देउवा काठमाडौंबाट पर्वत जाँदै हुनुहुन्थ्याे ।
गुरूङलेका अनुसार मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसक्नुभएकाे छ ।