१ माघ २०७७, बिहीबार

काठमाडौं, १ माघ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नारासहित राष्ट्रिय योग दिवस मनाइएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज काठमाडौँ सहित विभिन्न शहरमा योग दिवस मनाइएको हो ।

यस अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा समेत योग दिवस मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी उक्त कार्यक्रममा मन्त्री्रहरु लगायत उच्च ओहोदाका कर्मचारी, योगगुरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको हो । सो क्रमममा योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास लोकप्रिय बन्दै गएको बताउनुभयो ।

नेपालमा योगको प्रचलन लामो भए तापनि सरकारले २०७२ माघ १ गतेदेखि हरेक वर्ष माघ १ गतेलाइ राष्ट्रिय योग दिवसका रुपमा मनाउदै आएको छ । यस वर्षको योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

 तस्वीर : प्रधानमन्त्री कार्यालय

प्रतिक्रिया दिनुहोस्

LIVE TV