‘सरकार भेन्टिलेटर किन्ने पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ’



प्रकाशित मिति : Jan 14, 2021

काठमाडाैं, १ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएको बताउनुभएको छ ।

सरकारले कोरोनाको खोप खरिद गर्न पत्रिकामा सूचना निकालेर आर्थिक सहयोगको आह्वान गरेपछि प्रवक्ता शर्माले उक्त कुरा बताउनुभएकाे हाे । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रिकामा सुचना निकालेर दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको थियाे ।

सरकारले भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्ने सरकारले अर्बौं खर्च हुने चुनाव घोषणा गरेकाे भन्दै प्रवक्ता शर्माले आलोचना गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ- ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ !’

जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ त्यो सत्ता जनताको नहुने उहाँले बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन,न लोकतान्त्रिक हो न मानवीय !’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com