गुल्मी : जन्ती बोकेको जिप दुर्घटना



प्रकाशित मिति : Jan 14, 2021

गुल्मी, १ माघ ।  गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा केही घाइते भएका  भएको छ। गुल्मीकाे  कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घटनामा परेकाे हाे ।

ग१ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु  सवार रहेको बताइएकाे छ । घाइते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती र सहचालक रहेका छन् । उनीहरूकाे शरीररका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय स्वास्थ्य चाैकीतर्फ उपचारका लागि लगेकाे बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com