सुनको मूल्य तोलामा ८ सयले घट्यो



प्रकाशित मिति : Jan 14, 2021

काठमाडौँ, १ माघ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । साताको पाचौं दिन सुनको मूल्य आज ८ सय रुपैंयाँले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । बुधबार १ सयले बढेको सुन आज ८ सयले घटेको हो ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन बिहीबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी १५ रुपैंयाँले बढेर १ हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com