कोरोनाका कारण ९० प्रतिशत उद्योगहरु सञ्चालनमा आएनन्, कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई दबाब (भिडियो)



प्रकाशित मिति : Jan 13, 2021

काठमाडौं, २९ पुष । कोरोना भाइरस कोभिड–१९ को महामारीको कारण अझै पनि ९० प्रतिशत उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

पछिल्लो समय कोभिड–१९ का कारण बन्द भएका उद्योग ब्यवसाय आशिक रुपमा संचालनमा आए पनि बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा नपाएको कारण उनीहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले उद्योग कर्जा बढ्न नसकेपछि र्बैक तथा बित्तीय संस्थाहरुलाई दवाव समेत दिएको छ । बिश्वब्यापी कोरोना भाइरसको महामारीबाट बन्द भएको उद्योग धन्दाहरु लामो समयदेखि नखुलेपछि राष्ट्र बैंकले बैक तथा बित्तीय संस्थाहरुलाई कर्जा प्रवाह गर्न दबाब दिएको हो ।

कोभिडको महामारी केही कम भए चालू आर्थिक बर्षको पछिल्लो ५ महिनाको अवधिमा बैक तथा बित्तीय संस्थाहरुकबाट २ खर्ब २७ अर्ब रुपैयाँ लगानी भएको छ । बैक तथा बित्तीय संस्थाहरुबाट लगानी भएको रकमलाई ऋणीहरुले उद्योगको पूर्नस्थापना भन्दा पनि शेयर घितो कर्जा र घरायसी कर्जाको उपभोगमा बढी प्रयोग भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले ऋणीहरुले बैक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिने क्रम बढेपनि उद्योग धन्दा भन्दा पनि उपभोगमा बढी प्रयोग गरिएको बताए ।

नेपाल राष्ट्र बैकले कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण तथा प्रतिबेदन तयार गदै उद्योगहरु अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उल्लेख गरेको हो ।

राष्ट्र बैंकले गत असार महिनाको तुलनामा मंसिर मसान्त सम्ममा उद्योगहरु खुल्ने क्रम बढे पनि पूर्ण झमतामा नखुलेको हुदाँ उद्योगहरुबाट रोजगारी गुमाएकाहरु काममा फर्किएका छैनन् ।

पर्यटन क्षेत्रका अधिकांश होटलजन्य ब्यवसायहरु पूर्ण रुपमा सञ्चानमा नआएको कारण पर्यटन क्षेत्रमा ठुलो संख्यामा श्रर्मिकहरुले रोजगारी गुमाएका छन् । राष्ट्र बैकले कारोनाबाट प्रभावित उद्योग तथा ब्यवसायमा र्बैंकहरुलाई कर्जा बिस्तार गर्न भनेको छ ।

कोभिडको प्रकोपपछि बजारमा उत्पादित बस्तुको माग घटेकोले उद्योग धन्दाको कारोबारमा समेत कमी आएको छ । उद्योगधन्दा पूर्ण रुपमा सञ्चालन नआउँदा श्रर्मिक मजदुरको रोजगारी प्रभावित भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com