५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जना पक्राउ



प्रकाशित मिति : Jan 13, 2021

काठमाडौं, २९ पुष । प्रहरीले चन्द्रागिरी नगरपालिका–४ थानकोटका ५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त थानकोटको टोलीले होमबहादुरको हत्यामा संलग्न चन्द्रागिरी–२ का २३ वर्षीय रामकृष्ण तामाङलाई मङ्गलबार राति पक्राउ गरेको हो ।

चन्द्रागिरि–४ मा रहेको घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको थियो ।

घटनापछि होमबहादुर अचेत अवस्थामा रहेपछि रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका रामकृष्णले लेनदेनका विषयमा विवाद हुँदा कोदालोको बिंड प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com