२९ पुष २०७७, बुधबार
  • कृष्ण थपलिया,

सर्लाही, २९ पुष । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा चलेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको इसारामा चल्दै जाने हो भने संविधान र संघीयता नै धरापमा पर्ने नेता थापाले बताउँनु भयो ।

बुधबार सर्लाहीको लालबन्दीमा नेपाली काँग्रेसद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश समेत खारेज गर्न सक्ने भय रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले अहिले गर्नुभएको कदम ठीक हो भन्दै अघि बढेको खण्डमा प्रदेश, स्थानीय सरकार हुँदै संविधान नै खेर हुने अवस्था रहेको काँग्रेस नेता थापाको तर्क छ ।

नेता थापाले सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै संविधानत् अदालत र न्यायधीशहरु संसद् पुनस्र्थापनाकै पक्षमा उभिने बिस्वास व्यक्त गर्नुभयो ।

उहाँले न्यायालय र न्यायाधीशहरुलाई धम्क्याएर प्रभावमा पार्ने काम तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभयो ।

नेता थापाले भारतीय जि टेलिभिजनले सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेर प्रशारण गरेको सामग्रीमा आपत्ति जनाउँदै यो विषयमा सिङ्गो राष्ट्र गम्भीर हुनुपर्ने बताउनुभयो ।

सभामा काँग्रेस नेता थापाले संविधान रक्षा र अहिलेको असंवैधानिक कदम विरुद्ध गाउँ–गाउँमा गएर नागरिकलाई प्रष्ट पार्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV