२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई बिशाल समर्थन प्राप्त भएको बताउनु भएको छ । बुधबार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष नेपालले पोखराको कर्यक्रममा पनि अपार समर्थन प्राप्त भएको दावी गर्नुभयो ।

पूर्वएमाले कमजोर भएको पोखरामा ओली पक्षले दुई तीन सयको भेला भनेकामा २ हजार भन्दा बढी कार्यकर्ताको उपस्थित भएको बताउनु भयो । यो उपस्थितीले ओली गुटका मानिसहरु मूर्छित र अस्पताल भर्ना भएकी पत्तो लगाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वएमाले कमजोर मानिएको पोखरामा ओली गुटका मान्छेले दुई तीनसय भन्दा मानिस के आउलान त्यो पनि पुग्छन् की पुग्दैनन् भनेकामा २ हजारभन्दा बढीको बिशाल उपस्थिती भयो, ओलीको गुटका मानिसहरु मुर्छित भएएर अस्पताल भर्ना भएका छन् की ? पत्ता लगाउनु होला ।’

जनसमुदायको तह, कार्यकर्ता, नागरिक समाज र प्रतिपक्षीबाट समेत अपार समर्थन प्राप्त भएको अध्यक्ष नेपालले बताउनु भयो । प्रधानमन्त्ती केपी शर्मा ओलीले संविधान र पार्टीमाथि गरेको घातका बिरुद्धमा सबैपक्ष रहेको पाएको सुनाउनु भयो ।

उहाँ सबै पक्षबाट एक्लिएको जनाउदै तानाशाहहरु सधैँ शंसारमा एक्लिएको बताउनु भयो । अध्यक्ष नेपालले आफू मै मात्र हुँ भन्नेहरु अन्त्यमा बेशाहारा र निरिह हुने हुने दावी गर्दै केपी ओली पनि अन्त्यमा निरिह हुने बताउनु भयो ।

केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई सिध्याउन खोलको, लोकतन्त्रको मर्ममाथि प्रहार गरेको र ठूलो त्याग तपस्याबाट प्राप्त भएको उपलब्धीहरु निमिट्याउन खोजेकोले आफूहरु निरास भएको बताउनु भयो ।

अध्यष नेपालले ओलीकै कदमबिरुद्ध मोर्चामा रहेर अगाडि बढेको तर, कुनै मत प्राप्तीका लागि मोर्चा नबनाइएको सपष्ट पार्नुभयो । अफूहरु कुने व्यक्ति बिरुद्ध सोच नजराखी व्यक्तिको प्रविृत्ति बिरुद्ध मोर्चाबन्दी गिरेको उहाँको भनाइ थियो ।

नागरिक जिम्मेवारी र कम्युनिष्ट कर्तव्य निर्वाहका लागि मैदानमा उत्रिएकोले आफ्नो सोचहरु, मान्यताहरु, सहि बाटेमा र ओली गुट खराबबाटेमा भएकोमा प्रष्ट हुनुपर्ने बताउनु भयो । ओली गुटले फैल्याएको भ्रमहरु कुनै दुविधाविन एकएक गरि चिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओली झुट बोल्न माहिर र पुलिन्द भएकोले उहाँको झुटहरुलाइ सटिक रुपमा जवाफ दिनुपर्ने बताउनु भयो । ओलीको बिशेषता नै झुट भएको उहाँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV