२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनका विद्यार्थीहरुले संविधान पढ्दै विरोध प्रदर्शन गरेका छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल ल क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोज्दै संविधान पढेका हुन् ।

क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए । उपस्थित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्न उल्लेख गरिएका धारा देखाउन चुनौती समेत दिए ।

कार्यक्रममा अखिलका सहसंयोजक रञ्जीत तामाङले संसद बिघटनको कानून अनुसार व्यख्या नभएकाले विरोध प्रदर्शन गरिएको बताउनुभयो । उनीहरुले प्रधानमन्त्रीलाई संविधान पढ्न क्याम्पस आउन भन्दै नारा समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV