२९ पुष २०७७, बुधबार
  • अमर काफ्ले

इनरुवा, २९ पुस । इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्टविन प्रयोगमा ल्याएको छ ।सोलार सिस्टमको उक्त डस्कविन बहुउपयोगी रहेको नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलले बताए । पोखरेलका अनुसार डस्टविनको माध्यमबाट एकै स्थानमा विविध सुविधा उपलब्ध हुनेछ ।नगर प्रमुख राजन मेहताका अनुसार ज्वरो मापनका साथै स्वचालित सेनिटाइजरको व्यवस्था भएको स्मार्ट डस्टविनमा एकैसाथ दुई मोबाइल चार्ज समेत गर्न सकिने छ । मेहताले बताए अनुसार स्मार्ट डस्टविनमा रहेको डिजिटल डिसप्ले मार्फत नगरका सूचना नगरवासीको हकमा सार्वजनिक समेत गरिने छ ।

डस्टविनमा छुट्टाछुट्टै तवरले कुहिने र नकुहिने फोहोर समेत भण्डारन गर्न मिल्ने स्थान रहेको छ । भण्डारन गरिएको डस्टविन भरिएमा त्यस बारेको जानकारी मोबाइलमा उपलब्ध हुने भएकाले फोहोर व्यवस्थापनमा समेत सहज हुने नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV