२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । बुधबार भएको सुनुवाईका क्रममा अधिवक्ताहरुले बृहत पूर्ण इजलासमा पठाउन उठाएको प्रश्नमा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जवराले प्रतिप्रश्न गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले दुई खाले कुरा नगर्न आग्रह गर्नुभयो । इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बृहत् पूर्ण इजलासमा बहस गरिरहेका बेला रोकेर राणाले दुईखाले कुरा नगर्न आग्रह गर्नुभएको हो ।

प्रधानन्यायाधीश जवराले गम्भीर संवैधानिक व्याख्या आवश्यक भएको भनेर परेको रिट निवेदन संवैधानिक इजलासमै जाने हो तर, बृहत्त पूर्ण इजलास आवश्यक भएको दोहोरो कुरा आएको भन्दै प्र्रतिप्रश्न गर्नुभएको छ ।

उहाँले संवैधानिक व्याख्या चाहिने नचाहिनेमा पनि प्रष्ट पार्न आग्रह गर्नुभयो । संविधानमै गम्भीर संवैधानिक ब्याख्या संवैधानिक इजलासबाट हुने व्यवस्था रहेको उहाँको तर्क छ ।

रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने प्रधानन्यायाधीशको आदेश नै त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् । तर महान्यायाधीवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाटै ब्याख्या हुनुपर्ने भन्दै बृहत् पूर्ण इजलास आवश्यक नभएको निवेदन पेश गर्नुभएको छ ।

यता, अघिल्लो संवैधानिक इजलासमा हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएपछि प्रधानन्यायाधीशले न्यायाधीश सपना प्रधान मल्ललाई इजलासमा थप गर्नुभएको छ । संवैधाानिक इजलासमा प्रधानन्यायाधीश सहित मल्ल, विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, तेजवहादुर केसी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV