२९ पुष २०७७, बुधबार
  • सुरेश श्रेष्ठ,

दाङ (तुलसीपुर), २९ पुष । तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । बजारमा हुने कालोबजारी रोक्न र सबै व्यवसायीलाई करको दायरामा ल्याउन उपमहानगरले बजार अनुगमनलाई तीब्रता दिएको हो ।

बजार अनुगमन नियमित नहुँदा बजारमा खुलमखुल्ला अखाद्यवस्तु बिक्री वितरण हुने, दर्ता विनानै व्यवसाय सञ्चालन गर्ने र उपभोक्ता ठगिने क्रम बढेपछि उपमहानगरले बजार अनुगमनलाई तीब्रता दिन थालेको हो ।

उप–महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको उपस्थितिमा आज पनि बिहानै तुलसीपुरको मासुबजार अनुगमन गरिएको छ ।

अुनगमनको क्रममा मासुपसलमा फोहर व्यवस्थित हुन नसकेको, फलामको तारमा मासु झुण्ड्याएको पाइएको शाखा प्रमुख शर्माले जानकारी दिइन् । अव्यवस्थित रुपमा सञ्चालनमा रहेका मासुपसललाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन जारी गरिएको छ ।

केहि दिनअघि उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा मासु बजार व्यवस्थित हुन नसकेको भन्ने गुनासो आएपछि उपमहानगरले मासुबजारमा थप निगरानी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV