२९ पुष २०७७, बुधबार
  • आशिष केसी,

सल्यान, २९ पुष । सल्यानमा बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

ल्लिाको ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले बताएका ।

मोटरसाइकलमा सवार भण्डारीलाई बसले बरला बजार नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV